गङ्गालक्ष्मीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी
काठमाडौं ।नेपाली कांग्रेसकी नेतृ गङ्गालक्ष्मी अवालले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आज यहाँ पत्रकार सम्मेलन गरी आदिवासी/जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
अवालले महिला सङ्घको सदस्य, सङ्गठन विभाग पदाधिकारी र महिला सङ्घ भक्तपुरको जिल्ला उपाध्यक्षसमेत भई पार्टीमा जिम्मेवारी सम्हाल्दै आएकोले अब १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने प्रस्ट पारे । लोकतन्त्रमा जनजाति महिला तथा सम्पूर्ण महिलाको हकहित सुरक्षित गर्न आफ्नो केन्द्रीय सदस्यमा उम्मेदवारी रहेको उनको भनाइ थियो । २०४८ सालमा भक्तपुर क्याम्पसबाट नेविसङ्घको राजनीति सुरु गरेका अवालले वास्तवमा कांग्रेसलाई हामी सबैको बनाउनुपर्छ भन्ने आफ्नो दायित्व र धर्म भएको पनि सुनाए ।







डिसी नेपाल







Facebook Comment