‘सेप्टेम्बर १७’ सार्वजनिक

डिसी नेपाल
२ साउन २०८३ २२:५५

काठमाडौं। अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको पुस्तकको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक भएको छ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अनुदित कृतिको विमोचन गर्दै त्यसमा नेवार समुदायका विषयवस्तु समेटिएका बताइन्।

समालोचक अभि सुवेदीले साहित्यमामार्फत लेखकले नेवार समुदायको भाषा, संस्कार र संस्कृति लिपीबद्ध गरेको बताए। नेपाल भाषा एकेडेमीका पुष्पराज राजकर्णिकारले नेपाल भाषाको संरक्षणमा प्रस्तुत पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे।

लेखक सुन्दरले आफ्नो समुदायमा अनुभव गरेका विषयलाई पुस्तकमा समेटेको बताए। पुस्तक ज्योति तुलाधरले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् भने यसको प्रकाशन आदर्श इन्टरप्राइजेजले गरेको हो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *