सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त
काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिको ३८५ औँ बैठकले कडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कडेल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दै आएका थिए। उनलाई आगामी ४ वर्षको कार्यकालका लागि नियुक्त गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment