इक्रा नेपालको नवौं वार्षिक साधारण सभा मंसिर २९ गते हुने

डिसी नेपाल
२८ मंसिर २०७८ १४:१४
36
Shares

काठमाडौं । इक्रा नेपाल लिमिटेडको नवौं वार्षिक साधारण सभा मंसिर २९ गते बुधवार हुने भएको छ । सभा एलोप्ट काठमाडौं ठमेलमा दिउँसो २ बजे सुरु हुने भएको छ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ३१.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै, प्रबन्धपत्रको दफा ६(ख) र ६ (ग) संशोधन गर्ने प्रस्ताव समेत रहेको छ।

त्यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.