सबैको लघुवित्तको पाँचौ वार्षिक साधारण सभा पुष ३ गते हुने

डिसी नेपाल
२९ मंसिर २०७८ ९:१९
36
Shares
काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा पुष ३ गते बस्ने भएको छ । सभामा संस्थाले ३२.६८ प्रतिशत लाभांश पारित गरित विशेष प्रस्ताव रहेको छ।
लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयर धनीहरुलाई ३१ दशमलब ०५ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलब ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि मंसिर १७ गतेदेखि पुष २ गतेसम्म बुक क्लोज गरिरहेको छ । मंसिर १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.