सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

डिसी नेपाल
१ पुष २०७८ ११:१६
144
Shares

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार तीन सय रुपैयाँ कायम भएकोमा आज प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको हो।

छापावाल सुन प्रति १० ग्राम ७९ हजार सात सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन प्रति १० ग्राम ७९ हजार तीन सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ३५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.