नेपाल बैंकको वार्षिक साधारण सभा शुक्रबार हुँदै, यस्ता छन् एजेण्डा

डिसी नेपाल
१ पुष २०७८ १४:५६
84
Shares

काठमाडौं। नेपाल बैंकले शुक्रबार (पुस २ गते) वार्षिक साधारण सभा बस्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ ।

सभामा बैंकले १४ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ । साथै, बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ ।

बैंकले सभा प्रयोजनका लागि मंसिर २१ गते बुक क्लोज गरेको छ । यस अनुसार, मंसिर २० गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.