शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि एक साताको लागि विद्यालय बन्द

डिसी नेपाल
२१ पुष २०७८ १०:३२
452
Shares

दाङ। दाङ जिल्लाको तुलसीपुर स्थित एक विद्यालय एक साताको लागि बन्द गरिएको छ। शिक्षक र विद्यार्थी गरेर १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि तुलसीपुर उपमहानगर ८ को आश्वारा माध्यमिक विद्यालय एक साताको लागि बन्द गरिएको हो।

यसले तुलसीपुर क्षेत्रमा कोरोना संक्रमण पुनः तीव्र बन्दै गएको देखाएको छ। पीसीआर परीक्षण गर्दा मंगलबार आश्वारा माविका थप ११ जनामा संक्रमण पुष्टि भएको विद्यालय प्रशासनले जनाएको छ।

पछिल्ला तीन दिनमा तुलसीपुर क्षेत्रमा कोरोनाका २५ संक्रमित फेला परेका छन्। तुलसीपुर उपमहानगरकाको स्वास्थ्य शाखाका फोकल पर्सन विमल केसीले नगर क्षेत्रमा संक्रमण पुनः बढ्ने जोखिम बढेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *