एमाले लमजुङ अधिवेशनः बन्दसत्र व्यवस्थित बनाउन सात सदस्यीय अध्यक्ष मण्डल गठन

डिसी नेपाल
२४ पुष २०७८ १४:०१
40
Shares

काठमाडौं।नेकपा एमाले लमजुङको ८औँ अधिवेशनको बन्दसत्रमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । बन्दसत्रलाई मर्यादित, व्यवस्थित, अनुसाशित ढंगले संचालनको लागि अध्यक्ष मण्डल गठन गरिएको हो ।

शनिबार बिहानबाट सुरू भएको बन्दसत्रमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको संयोजकत्वमा अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डल सदस्यहरूमा प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, मोहनहरि पौडेल, सिंहबहादुर थापा, राजकुमार श्रेष्ठ, नन्दराम विश्वकर्मा र दीपा गुरुङ रहेका छन् ।जिल्ला समन्वय समिति लमजुङको सभाहलमा शनिबार विहानबाट बन्दसत्र सुरु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.