शुक्रबार पनि बढ्यो सुनको मूल्य

डिसी नेपाल
७ माघ २०७८ ११:१९
120
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कारोबार भइरहेको छ ।

बिहिबार प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो।बिहिबार चाँदी प्रति तोला १ हजार ३ सय १५ रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ४ सय २० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ३६ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.