नेपाली पाठशाला टेक्सासको प्रिन्सिपलमा पुन: विजयराज भट्टराई

डिसी नेपाल
९ माघ २०७८ १०:३७

टेक्सस। नेपाली पाठशाला टेक्सासको प्रिन्सिपलमा ड्यालास निवासी विजयराज भट्टराईलाई नेपाली समाज टेक्सास (एन.एस.टी.) ले पुन: जिम्मेवारी दिएको छ। यस अघि पनि यस विद्यालयको प्रिन्सिपलमा भट्टराई नै थिए।

सन २००४ देखि नेपाली समाज टेक्सासले बिद्यालय संचालन गर्दै आइरहेको छ। स्कुलमा भट्टराइले सन् २००९-२०११ मा स्कुल कमिटी सदस्य, सन् २०११-२०१३ मा स्कुलको इन्चार्ज, सन् २०१३-२०१५ मा स्कुलको प्रिन्सिपल र सन २०१९-२०२१ मा पनि प्रिन्सिपल भएर कार्य सम्पादन गरेका छन्।

टेक्सासको ड्यालसमा भौतिक रुपमा कक्षा-कोठामा संचालन हुँदै आएको यस स्कूललाई कोरोना महामारी भएसँगै भट्टराईले एनएसटी ग्लोवल पाठशाला नाम दिएर अमेरिका लगायत संसार भरिका नेपाली बिद्यार्थीहरुको निमित्त खुल्ला गरेका थिए। अहिले स्कुलमा अमेरिकाका १५ राज्यहरु र नेपालका बिध्यार्थीहरु अध्ययनरत थिए भने र उक्त पाठशाला अष्ट्रेलियामा पनि संचालन भइरहेको छ।

त्यसैगरी स्कूलको कोअर्डिनेटरमा भोज बलायारलाई नियुक्त गरिएको छ। यस अघि पनि बलायर नै उक्त जिम्मेवारीमा थिए। नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले नेपाली स्कूलको कुशल नेतृत्वका कारण स्कुलका प्रिन्सिपल तथा कॉर्डिनेटरलाई पुन अनुरोध गरि जिम्मेवारी दिइएको बताए।

विगत दुई बर्षमा उक्त पाठशालाले एक हजार नेपाली बालबालिकाहरुलाई बिभिन्न बिषयहरुमा अध्यापन गराएको थियो। कुशल नेतृत्वका कारण नै यतिखेर नेपालीद्वारा नेपाल बाहिर संचालित पाठशालहरुमा यो पाठशाला सवैभन्दा धेरै विद्यार्थीहरु रहेको पाठशाला हो।

यसै सन्दर्भमा कुरा गर्दा भट्टराईले चाडै नै स्कूलको मेनेजर, भाइस-प्रिन्सिपल, प्यारेण्टस कमिटि र स्कूल एडभाइजर्सहरुको कमिटी बनाई पहिले भन्दा अझ धेरै कार्यक्रमसहित अत्याधुनिक ढंगले पाठशालाका गतिबिधि अघि बढाउने जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *