नेपाल बैंकको नाफा १ अर्ब ४१ करोड
काठमाडौँ। नेपाल बैंकको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ४.९३ प्रतिशत बढी हो ।
बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने सञ्चालन नाफा २०.०८ प्रतिशतले घटेको छ । बैंकको सञ्चालन मुनाफा घटेपनि १३ करोड २४ लाख रुपैयाँ डिफर्ड ट्याक्स फिर्ता भएपछि बैंकको खुद नाफा बढ्न पुगेको हो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४१ करोड ३ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ३.३१ प्रतिशत घटेको छ । दोस्रो त्रैमाससम्ममा बैंकको निक्षेप १२.३० प्रतिशत र कर्जा २०.४५ प्रतिशत बढेको छ ।
यो दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा बढेपनि प्रतिशेयर आम्दानी भने घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७० पैसाले घटेर १९ रुपैयाँ ६७ पैसामा झरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ३७ पैसा रहेको थियो।







डिसी नेपाल








Facebook Comment