एनआइसी एशिया बैंकको लाभांश रद्द
काठमाडौं। एनआइसी एशिया बैंकले आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रस्तावित लाभांशमा स्वीकृती नदिएपछि रद्द गरिएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्तावमा स्वीकृती नदिएको हो । बैंकले १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment