एकैपटक ६ ओटा कम्पनीले पाए आइपिओ जारी गर्ने अनुमति
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले एकैपटक ६ ओटा कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएको छ। आइतबार बोर्डले बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्धि लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई अनुमति दिएको हो ।
बोर्डले बलेफी हाइड्रो पावरलाई ३६ लाख ५५ हजार ९४० कित्ता, ग्रीन भेञ्चर ग्रिन भेञ्चरर्सलाई ६२ लाख ५० हजार कित्ता, नेष्डो समृद्ध लघुवित्तलाई ८ लाख २५ हजार कित्ता, जाल्पा सामुदायिक लघुवित्तलाई ५ लाख २२ हजार कित्ता, राष्ट्र उत्थान लघुवित्तलाई ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपाल ५ लाख ५५ हजार ६०० कित्ता आइपिओ निष्काशनको अनुमति प्रदान गरेको हो ।
बलेफी हाइड्रो पावर र नेष्डो समृद्धि लघुवित्तको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, ग्रीन भेञ्चर ग्रिन भेञ्चरर्सको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल, जाल्पाको आइपिओ निष्काशन बिक्री प्रबन्धक प्रभु क्यापिटल, राष्ट्र उत्थानको एनआईबिएल एस क्यापिटल र इमर्जिङ नेपालको आइपिओ बिक्री प्रबन्धकमा एनआई सी एशिया क्यापिटल रहेको छ ।







डिसी नेपाल








Facebook Comment