१०० अङ्कले घट्यो नेप्से परिसूचक, सबै उपसमूह राताम्मे
काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक १००.१० अङ्कले घटेर २ हजार ८२०.४१ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
कारोबारका आधारमा अपि पावर कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ५ सय २३ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : एनआइसी एशिया बैंक र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा सबै उपसुचक राताम्मे भएको छ। आज सबैभन्दा बढी विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । विन लघुवित्त वित्तीय संस्था र बुद्ध भुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment