एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा हुने स्थान परिवर्तन, अब कहाँ ?

डिसी नेपाल
१४ माघ २०७८ १२:२५

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक साधारण सभा हुने स्थान परिवर्तन भएको छ । अव कम्पनीको बार्षिक साधारण सभा माघ २१ गते कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंमा हुने भएको छ। सभा भर्चुअल मध्यमबाट बिहान ११ बजे हुनेछ।

यस अघि कम्पनीको बार्षिक साधारणसभा होटल दियालो लर्डस् आदर्शनगर, वीरगञ्जमा हुने भनिएको थियो । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न २ प्रतिशत नगद लाभांश दिने भएको छ। साथै, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ।

एसियन लाइफको ५१% स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *