सिटिजन्स बैंकको संस्थापक सेयर बिक्री खुल्ला

डिसी नेपाल
१४ माघ २०७८ १२:३७

काठमाडौं। सिटिजन्स बैंकले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ। बैंकका संस्थापक सेयरधनी मिलन थापाले आफ्नो नाममा रहेको ३० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन्  ।

यसमा कम्पनीका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।  लगानीकर्ताले  न्यूतम १४३ रुपैयाँलाई आधार मानेर यस सेयरमा आवेदन दिन सक्नेछन् । । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *