विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ २६ पैसा र बिक्री दर १६१ रुपैयाँ ०६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ६५ पैसा र बिक्री दर १२९ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ८३ पैसा र बिक्री दर ८४ रुपैयाँ २५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २० पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९२ पैसा र बिक्री दर ३२ रुपैयाँ ०८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८९ पैसा र बिक्री दर ३३ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment