शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं। शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले उक्त हकप्रद सेयर जारी गर्न माघ २१ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज (माघ २० गते) सम्म कायम सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०ः३ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अङ्कित मुल्यमा ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।
यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । इक्रा नेपालले यस हकप्रदलाई कम जोखिम जनाउने ‘इक्राएनपी आइआर सिंगल ए’ ग्रेडिङ प्रदान गरेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment