७ लाख रुपैयाँभन्दा बढीका नगद कारोबारको विवरण माग्दै राष्ट्र बैंक

डिसी नेपाल
२० माघ २०७८ १३:०८
168
Shares

काठमाडौं। नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग एक पटकमा सात लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको सम्पूर्ण विवरण माग गरेको छ।  राष्ट्र बैंक सुपरीवेक्षण विभागले क वर्गको सम्पूर्ण वाणिज्य बैंकहरुलाई पत्र काटेर उक्त निर्देशन दिएको हो ।

वाणिज्य बैंकहरुलाई माघ २४ गतेभित्र साउन १ गतेदेखि पुस ३० गतेसम्म अर्थात् ६ महिना भित्र भएको कारोबारको विवरण इमेलमार्फत उपलब्ध गराउन निर्देशन जारी गरेको हो।

विभाग अन्तर्गतको सम्पत्ति शुद्धिकरण अनुगमन इकाईले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानीको निवारणको अवस्थाबारे गैरस्थलगत सुपरिवेक्षणको क्रममा यस्तो विवरण माग गरेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.