बुटवलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

डिसी नेपाल
२३ माघ २०७८ ९:४६
208
Shares

बुटवल। जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नंको जिपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु२४प २७५७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *