२६२ जना कोरोना सङ्क्रमित थपिए, ४ जनाको मृत्यु

डिसी नेपाल
८ फागुन २०७८ १६:२९
100
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनामा परीक्षण गर्दा २६२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ६ हजार ५७२ जनामा पीसीआर परीक्षण गरिएकोमा २२९ जनामा र ३ हजार २४३ जनामा एन्टीजेन परीक्षण गर्दा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३३ हजार २५४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ३३८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२१ पुगेको छ ।

यसैगरी देशमा हालसम्म १२ हजार २४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.