कान्छी श्रीमतीको योजनामा श्रीमानको हत्या
सांकेतीक तस्वीर
काठमाडौं । परपुरुषसँग सम्पर्क बढाएकी अनिता केसीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेको छ । गत विहिबार धरान ४ स्थित आपगाछी जंगल क्षेत्रमा २ वटा जेब्रा झोलामा भेटिएको शवको अनुसन्धान गर्ने क्रममा इलामका दिनेश सिग्देललाई कान्छी श्रीमती अनिता केसीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको हो ।
वैदेशिक रोजगारीमा रहेको ४३ वर्षीय दिनेश सिग्देल विदेशबाट आएको दुई दिनमै उनको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख तथा एसपी सञ्जयसिंह थापाले बताए ।
दिनेशकी कान्छी श्रीमती ३० वर्षीया अनिता र उनका प्रेमी विराटनगर ४ इक्राहीका सरोज भण्डारीले हत्या गरि शरीर टुक्राएर धरान ल्याई फालेको एसपी थापाले जानकारी दिए । प्रहरीले उनीहरु दुवैलाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको थियो ।
प्रहरीका अनुसार मृतक दिनेश वैदेशिक रोजगारीको क्रममा बहराइनमा थिए । कान्छी श्रीमती अर्को केटासँग लागेको थाहपाएपछि पुस २० गते नेपाल आएका थिए । उनी नेपाल आएको २ दिन पछि नै पुष २२ गते उनको विराटनगर ३ पिपल चोकस्थित डेरामा अनिता र सरोजले हत्या गरेको एसपी थापाले बताए ।
‘ १० वर्ष अघि आफूले मनपराएर विहे गरेकी श्रीमतीको सम्बन्ध अरुसँग भएको थाह पाएपछि दिनेश विना जानकारी नेपाल आए पुष २१ गते विराटनगर आएपछि अनिता लिन गएका रहेछन् त्यसकै भोलिपल्ट उनको हत्या भएको देखिन्छ’, एसपी थापाले भने ।
पक्राउ पछि आफूहरुको सम्बन्धमा काँडा बनेर दिनेश आएपछि मिलेर योजनावद्धरुपमा हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुख्यैली घर इलामको चुलाचुली गाउँपालिका ५ बाँझो भएका दिनेशले करिब १० वर्षअघि अनितासँग दोस्रो विवाह गरेका थिए ।
अनिताको माइती घर भने सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर हो । दिनेश र उनको ७ बर्षीया एक छोरी छन् । विराटनगर महानगरपालिका ४ इक्राही घर भएका अनिताका प्रेमी सिटी सफारी चालक हुन् ।
सफारी पनि करिब एक लाख रुपैया अनिताले नै दिएर खरिद गरेका थिए । सरोजको पनि श्रीमतिसँग सम्बन्ध बिग्रएकोले अनितासँग नजिकिएको थिए । पुस २२ गते राती दिनेशकै गलबन्धीले कसेर उनको हत्या गरिएको थियो ।
त्यसरात लाश कोठामै छोडेर उनीहरु बाहिर बसेको र भोलीपल्ट ग्रेण्डर मेशिन, जेब्रा झोला, पोलेथिन ब्याग किनेर ल्याएको शवलाई टुक्रा पारेर जेब्रा झोलामा हालेर भेडेटार जाने बाटोमा मिल्काएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फागुन ४ गते बुधबार र ५ गते बिहिबार अलग अलग जेब्रा झोलामा पुरुषको शरीर टुक्राएर फालेको अवस्थामा धरान ४ स्थित कोशी राजमार्गअन्तर्गतको धरान भेडेटार सडक खण्डको जेठामाने गोलाइ क्षेत्रको जंगलमा शव भेटिएको थियो ।
प्रहरीले धेरै प्रयास गर्दा पनि मृतकको सनाखत हुन नसकेपछि प्रहरीलाई तनाव भएको बेला सिग्देलले लगाएको पाइण्टमा रिटो टुर्सको भिजिटिङ कार्डले अनुसन्धानमा सहयोग गरेको थियो । सोही कार्डको सहयताले बहराइनमा सिग्देलले काम गर्ने कम्पनीसँगको सम्पर्कबाट पहिचान खुलाएको थियो ।







डिसी नेपाल








Facebook Comment