अमेरिकी डलरको भाउ घट्यो, हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौं । बिहिबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ र बिक्री दर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ । बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ १५ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ९१ पैसा र बिक्री दर १६२ रुपैयाँ ७२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ३७ पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४७ पैसा र बिक्री दर ८६ रुपैयाँ ९१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ११ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३४ पैसा र बिक्री दर १० रुपैयाँ ४० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १८ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४९ पैसा र बिक्री दर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment