बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार ९७० कित्ता आइपिओ भर्ने म्याद थप, कहिलेसम्म पाइन्छ भर्न ?
काठमाडौँ । बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर (आइपिओ) भर्ने म्याद थप गरिएको छ। अव उक्त आइपिओमा फाल्गुण १९ गतेसम्म भर्न पाउने छन्। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि माघ २७ गतेदेखि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँबराबरको आईपीओ जारी गरेको हो ।
कम्पनीले जारी गर्ने आइपिओमध्ये जुगल गाउँपालिकाका वडा नं. २, ३ र ४ का लागि ६० प्रतिशतले हुन आउने १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु क्रमशः जुगल गाउँपालिकाका वडा नं. ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिकाका वडा नं. ७ का बासिन्दाका लागि ४० प्रतिशतले हुन आउने ७ लाख ३१ हजार १८८ कित्ता छुट्याइएको छ।
कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यो आइपिओमा सिन्धुपाल्चोकस्थित कुमारी बैंक (जलविरे शाखा), एनसीसी बैंक (ढाँडे शाखा), ग्लोबल आईएमई बैंक (चौतारा शाखा), लक्ष्मी बैंक (चौतारा शाखा) र लक्ष्मी बैंक (खाँडीचौर शाखा)बाट आवेदन दिन सकिनेछ।







डिसी नेपाल








Facebook Comment