३१८ जना कोरोना सङ्क्रमित थपिए, १ जनाको मृत्यु

डिसी नेपाल
१२ फागुन २०७८ १६:५९
44
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ७४३ जनामा परीक्षण गर्दा ३१८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ५ हजार ५०८ जनामा पीसीआर परीक्षण गरिएकोमा १५१ जनामा र २ हजार २३५ जनामा एन्टीजेन परीक्षण गर्दा १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ४०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३१ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ९ हजार ६७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.