शुक्रबार १ हजारले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार प्रति तोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य २० रुपैयाँले घटेको हो। बिहिबार सुन प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार २० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४४ रुपैयाँ कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment