दुई दिनमा २४ सयले घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१५ फागुन २०७८ ११:०४
100
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले घटेर प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य ४० रुपैयाँले घटेको हो।  बिहिबार सुन प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ८ सय २० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.