यात्रुलाई अनावश्यक दुःख दिने कार्यमा संलग्न १७ जना पक्राउ

डिसी नेपाल
२५ असार २०८३ २२:४३

काठमाडौं। सर्वसाधारण तथा यात्रुलाई दुःख, हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

उक्त अभियोगमा प्रहरीले काठमाडौं बल्खु बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन लामासमेत १७ जनालाई पक्राउ गरेको हो।

लामो समयदेखि बल्खु क्षेत्रमा हिँडिरहेका सर्वसाधारण तथा यात्रुहरूलाई जबर्जस्ती गाडीमा हाल्ने, सामान तथा झोला तान्ने र दुःख हैरानी दिने गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निजहरूलाई बल्खु क्षेत्रबाट पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *