ग्लोबल आइएमई लघुवित्तको बोनस पाउन के गर्ने ?

डिसी नेपाल
१५ फागुन २०७८ १३:४४
204
Shares
काठमाडौं : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै सेयरधनीलाई बोनसमा लाग्ने कर  पहिला तिर्न आग्रह गरेको हो ।
साबिक स्पर्श लघुवित्तलाई यस वित्तीय संस्थाले प्राप्ति गरी ग्लोबल आइएमइ लघुवित्तको नामबाट एकिकृत कारोबार भएको मिति २०७८ वैशाख  ८ गतेपछि सेयर खरिद गरेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न भनेको हो ।
यसको लागि सेयरधनीले ग्लोबल आइएमई बैंकको शाखा कार्यालय, पोखरा न्यूरोडमा रहेको खाता नम्बर १२०१०१००००३७० मा कर वापतको रकम जम्मा गरीदिनु पर्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.