ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ६ सय रुपैयाँले बढेर प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको प्रति तोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो। बिहिबार सुन प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार १ सय ९० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ कायम भएको छ ।







डिसी नेपाल








Facebook Comment