कुमारी बैंकले ४ लाख २४ हजार ९८१ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै ग्लोबल ट्रेडिङ कन्सर्नको नाममा रहेको ३ लाख ४६ हजार ११९ कित्ता र एसियन डिष्ट्रिब्यूटर्स प्रालिको नाममा रहेको ७८ हजार ८६३ कित्ता गरी कुल ४ लाख २४ हजार ९८१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।
बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्। बैंकले यसको मूल्य भने खुलाइएको छैन। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ।
तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment