निरन्तर ओरालो लाग्दै सेयर बजार, लगानीकर्ता चिन्तित

डिसी नेपाल
१८ फागुन २०७८ १५:२३
220
Shares

काठमाडौं । सेयर बजार लगातार घट्दै गइरहेको छ। आज बुधबार पनि नेप्से परिसूचक ६३.९८ अङ्कले घटेर २ हजार ५४६.६० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ७६ लाख ५२ हजार २०४ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । यस कम्पनीको १६ करोड १८ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार १ सय ८४ रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : नेपाल दुरसंचार कम्पनी र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटै उपसमूह घटेको छ। आज नेप्सेमा रिलायन्स लाइफ इन्स्योरेन्स र सिभिल बैंकका लगानीकर्ताले कमाएका छन्। भने हिमालयन जनरल इन्स्योरेन्स र युनाइटेड इदीमादी आरडी हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.