हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२३ फागुन २०७८ ९:५२
96
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ८३ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६० पैसा र बिक्री दर ९० रुपैयाँ ०४ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ९५ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५९ पैसा र बिक्री दर १० रुपैयाँ ६४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २३ पैसा र बिक्री दर १९ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १० पैसा छ भने बिक्री दर २९ रुपैयाँ २४ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.