एकै दिनमा ७ अर्बले बढ्यो निक्षेप, सीडी रेसियो कति ?
काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिनमा ७ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फाल्गुण २० गते निक्षेप ७ अर्बले बढेर ४८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप पुगेको छ । फाल्गुण १९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ८३ अर्ब रहेको थियो।
बैंक तथा वित्तीय संस्थाको निक्षेप बढे पनि कर्जा लगानी भने घटेको छ । फाल्गुण २० गते १ अर्बले कर्जा लगानी घटेर ४६ खर्ब ९३ अर्ब पुगेको छ। फाल्गुण १९ गते कर्जा लगानी ४६ खर्ब ९४ अर्व रहेको तथ्यांकमा उल्लेख छ ।
वाणिज्य बैंकको निक्षेप भने बढेको छ। वाणिज्य बैंकको ७ अर्बले बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । फाल्गुण १९ गते वाणिज्य बैंकको निक्षेप ४३ खर्ब १७ अर्ब रहेको थियो।
यता, बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने केहि घटेको छ। बैंकको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.३९ प्रतिशत रहेकोमा फाल्गुण २० गतेसम्म घटेर ९०.२६ प्रतिशत पुगेको छ ।







डिसी नेपाल








Facebook Comment