गरिमा विकास बैंकले लकर सुविधामा आर्कषक छुट दिने

डिसी नेपाल
२३ फागुन २०७८ ११:३२
44
Shares

काठमाडौँ।  गरिमा विकास बैंकले गरिमा नारी बचत खाता र मेरो शेयर बचत खाता खोल्ने महिला ग्राहकलाई लकर सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ । बैंकले अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन यस्ताे अफर ल्याएकाे हाे ।

आफ्नो बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।

बैंकका ग्राहकहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सक्नेछन् ।

बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो शेयर बचत खाता खोल्ने सम्पूर्ण नारी ग्राहकले उक्त छुट प्राप्त गर्नेछन् । हाल गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरिय सेवा दिदै आईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.