यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

डिसी नेपाल
२५ फागुन २०७८ १०:१६
48
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२२ रुपैयाँ ७६ पैसा र बिक्री दर १२३ रुपैयाँ ३६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ २० पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १० पैसा र बिक्री दर १६१ रुपैयाँ ८९ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ४८ पैसा र बिक्री दर ८९ रुपैयाँ ९२ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ १० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्री दर १० रुपैयाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ४४ पैसा र बिक्री दर १९ रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ७२ पैसा र बिक्री दर ३२ रुपैयाँ ८८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ६८ पैसा र बिक्री दर ३३ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ४९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.