६ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम भएको छ।
बिहिबार १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रति तोलामा १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार प्रति तोला एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment