समृद्धि फाइनान्सको हकप्रद सेयर भर्ने आज अन्तिम मौका

डिसी नेपाल
२९ फागुन २०७८ १०:३६
64
Shares

काठमाडौँ। समृद्धि फाइनान्सको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको उक्त हकप्रद सेयरमा आज कार्यालय समय भित्र आवेदन दिईसक्नुपर्ने छ।

कम्पनी फागुन ८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । कम्पनीले २ बराबर १ अनुपातमा प्रतिकित्ता १०० अंकित दरले २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर जारी गरेको हो।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ। कम्पनीको उक्त हकप्रद सेयरमा लगानीकर्ताले बिओके क्यापिटल नारायणचौर नक्साल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय हेटौंडा–१ मकवानपुरबाट आवेदन दिन सकिनेछ ।

साथै, नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.