आइतबार यी कम्पनीका लगानीकर्ताले कमाए मनग्य नाफा
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । आइतबार नेप्से परिसूचक १०१.०७ अङ्कले बढेर २ हजार ६६७.९७ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ९० लाख २२ हजार ८९० कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८७ करोड ७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आइतबारको सेयर बजार बढेसंगै एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ्ग नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक, सूर्या लाइफ इन्स्योरेन्स, मन्जुश्री फाइनान्स, शिभम् सिमेन्ट, प्रुडेन्सियल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएको छन् ।
एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ्ग नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।








डिसी नेपाल








Facebook Comment