हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर १२२ रुपैयाँ २५ पैसा र बिक्री दर १२२ रुपैयाँ ८५ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३९ पैसा र बिक्री दर १६० रुपैयाँ १७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १३ पैसा र बिक्री दर ८९ रुपैयाँ ५७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४० पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २८ पैसा र बिक्री दर १९ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैँया ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७५ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ १५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ २९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment