हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
४ चैत २०७८ ९:१०
488
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ५१ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ७१ पैसा र बिक्री दर १२९ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६१ पैसा र बिक्री दर ८९ रुपैयाँ ०५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ९५ रुपैयाँ ९५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २० पैसा र बिक्री दर १० रुपैयाँ २६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०५ पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.