जीवन विकास लघुवित्तले गर्यो बुकक्लोज मिति तय, चैत २५ गते साधारण सभा हुने
काठमाडौँ। जीवन विकास लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्नको लागि बुकक्लोज मिति तय गरेको छ। कम्पनीले चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । यस अनुसार चैत १० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन पाउने छन्।
कम्पनीको तेस्रो वार्षिक साधारण सभा चैत २५ गते बोलाएको छ । सभा संस्थाको केन्द्रिय कार्यालय कटहरी मोरङ्गमा मकवानपुरमा बिहान १०ः३० बजे शुरु हुनेछ ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ। साथै, अन्य लघुवित्तसँग मर्ज अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अखितयारी प्रदान गर्ने प्रस्ताव पनि पेश गर्ने भएको छ।
सभामा कम्पनीले अधिकृत पुँजी एक अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट एक अर्ब ३ करोड रुपैयाँ पुर्याउने एजेण्डा पेश गर्ने छ । सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।







डिसी नेपाल








Facebook Comment