३ कम्पनीको २ करोड ५९ लाख ८५ हजार ६५९.२०५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
६ चैत २०७८ १५:०३
60
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको २ करोड ५९ लाख ८५ हजार ६५९.२०५ कित्ता बोनस सेयर सूचिकृत भएको छ। आइतबारको कारोबारमा एनएमबि बैंक, एभरेष्ट बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको हो।

एनएमबि बैंकको २ करोड ४ लाख ७ हजार ४५१.०७ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ क मुनाफाबाट १२.५० प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

एभरेष्ट बैंकको ५३ लाख ३६ हजार २३०.३१ कित्ता बोनस सेयर सूचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ६ प्रतिसह्त बोनस सेयर र ४.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरेको थियो।

गणपति लघुवित्तको १९ प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९७७.८२५० कित्ता बोनस सेयर सूचिकृत भएको हो। संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.