हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
७ चैत २०७८ ९:१३
92
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ७७ पैसा र बिक्री दर १३४ रुपैयाँ ४३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ४८ पैसा र बिक्री दर १६० रुपैयाँ २७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८९ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७२ पैसा र बिक्री दर ९० रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ४६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ १५ पैसा र बिक्री दर १० रुपैयाँ २० पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०२ पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ०३ पैसा र बिक्री दर ३३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर २९ रुपैयाँ  रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.