११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

डिसी नेपाल
७ चैत २०७८ १३:२४
60
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकले ९१ दिनको लागि ५ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिनको लागि ४ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिनको लागि २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

ट्रेजरीको बोलकबोल साेमबार दिउँसो ३ बजे अनलाइनमार्फत् खुला हुनेछ। ९१ दिने ट्रेजरी २०७९ असार ७ गते परिपक्व हुनेछ, १८२ दिने २०७९ असोज ४ गते परिपक्व हुनेछ भने ३६४ दिने ट्रेजरी २०७९ चैत ७ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ। राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् ऋणपत्र बिक्री गर्ने गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.