१७.९९ अङ्कले बढ्यो नेप्से परिसूचक, २ अर्ब ५९ करोडमाथिको कारोबार

डिसी नेपाल
७ चैत २०७८ १५:१०
72
Shares

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । आइतबार नेप्से परिसूचक १७.९९ अङ्कले बढेर २ हजार ६३७.५७ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा २ अर्ब ५९ करोड २७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा नेपाल दूरसंचार कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको २० करोड ९४ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ हजार ५ सय ४ रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रोपावर र जीवन विकास लघुवित्तको कारोबार भएको छ ।

आजको कारोबारमा इमर्जिङ्ग नेपाल र न्याग्दी ग्रुपका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने नेपाल दूरसंचार कम्पनी र नबिल ऋणपत्रका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.