१६.०४ अङ्क बढ्यो सेयर कारोबार, व्यापारबाहेक सबै उपसुचकमा हरियाली

डिसी नेपाल
८ चैत २०७८ १५:१५
64
Shares

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक १६.०४ अङ्कले बढेर २ हजार ६५०.७० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३५ कम्पनीको ५३ लाख २३ हजार ९९३ कित्ता शेयर खरिद बिक्री भएको छ। उक्त सेयर खरिद बिक्री हुँदा २ अर्ब ५१ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा प्रभु इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ । यस कम्पनीको १५ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ४ सय ५१ रुपैयाँ कायम भएको छ ।  त्यसपछि क्रमश : नेपाल दूरसंचार कम्पनी र शिभम सिमेन्टको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा १३ उपसुचकमध्ये व्यापार उपसमूहबाहेक बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा इमर्जिङ्ग नेपाल र राष्ट्रिय उत्थान लघुवित्तका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् भने सानिमा ऋणपत्र र कालिका पावरका लगानीकर्ताले अधिक गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.