उद्योग वाणिज्य संघ जुम्लामा लाेकतान्त्रिक प्यानल विजयी, अध्यक्षमा देवकोटा

डिसी नेपाल
९ चैत २०७८ ९:५९

जुम्ला। जुम्ला उद्योग वाणिज्य संघमा लाेकतान्त्रिक प्यालन विजयी भएकाे छ।

कांग्रेस निकट लाेकतान्त्रिक र वाम निकट वामपन्थी प्यानल चुनावी मैदानमा उत्रिएकाे थियाे। जसमा कांग्रेस निकट पुरिचन्द्र देवकोटा अध्यक्षमा निर्वाचित भएका छन् । देवकाेटाले वामपन्थी निकटका भैरबहादुर कठायतलाई पराजित गरेका हुन्।

निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाए। प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गरे।

उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी र कोषाध्यक्षमा देवेन्द्र आचार्य विजयी भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.