३ अर्व ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडाैं। नेपाल राष्ट्र बैंकले ३ अर्व ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम लगानी गर्न लागेको हो । यसका लागि केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ।
बैंकले एक वर्ष अर्थात् ३६५ दिनका लागि इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा उक्त रकम ब्याजमा राख्न चाहेको हो । बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई प्रस्तावित ब्याजदरसहित चैत १५ गतेसम्म दरखास्त दिन आह्वान गरिएको छ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्व ७६ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५१ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई १७ करोड २५ लाख रुपैयाँ लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको छ।
बैंकका अनुसार निक्षेप २०७९ बैशाख ४ गतेदेखि लागू हुने गरी आगामी वर्ष २०८० बैशाख ४ गते परिपक्व हुनेछ ।







डिसी नेपाल








Facebook Comment